बिहीबार, माघ २२, २०८२

ओमन पनि टी-२० विश्वकपमा छनोट

 |  शुक्रबार, कात्तिक १७, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १७, २०८०

National life
Laxmi sunrise bank

काठमाडौं- ओमन पनि सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी मेन्स टी–२० विश्वकपमा छनोट भएको छ। आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा बहराइलाई १० विकेटले पराजित गर्दै ओमन विश्वकपमा छनोट भएको हो।

बहराइनले दिएको एक सय सात रनको लक्ष्य ओमानले १४ दशमलव एक ओभरमा पूरा गर्‍यो। ओमनको जीतमा कश्यप प्रजापतिले सर्वाधिक ५७ रन बनाए। उनले ४४ बलमा दुई छक्का र छ चौका प्रहार गरे। साथै प्रतीक अथावेलले ४१ बलमा एक छक्का र चार चौकासहित ४८ रन बनाए। ओमनले फाइनलमा नेपालविरुद्ध खेल्नेछ।

यसअघि बहराइनले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय छ रन मात्रै बनाउन सक्यो। उसका लागि इमरान अलीले ३०, अहमर बिन निसारले २६ र सर्फराज अलीले २३ रन बनाए। ओमानका लागि अक्वि इलायसले चार विकेट लिए भने सकिल अहमदले दुई विकेट लिए। साथै फयाज बट र जीसान मक्सुदले समान एक विकेट लिए।

प्रकाशित: Nov 03, 2023| 14:54 शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्