बुधबार, असार ४, २०८२

रोशी खोलामा कार खस्दा चार जना घाइते

 |  शुक्रबार, कात्तिक १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १७, २०८०

vianetvianet

बीपी राजमार्ग अर्न्तगत रोशी गाउँपालिका-८ चारय वेशीमा कार दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

आज करिब १२:१५ बजे महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर बीआर०६डीई४३११ को कार अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल रोशी खोलामा खसेको थियो। दुर्घटनामा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

दुर्घटनामा महोत्तरी जिल्लाको गौशला नगरपालिका-५ का २३ वर्षिय धिरेन्द्र चौधरी, २० वर्षीय खुश्बु चौधरी, १९ वर्षीय प्रमिका चौधरी र १९ वर्षीय अञ्जली चौधरी घाइते भएका छन्। घाइतेहरुको जिल्ला स्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: Nov 03, 2023| 14:25 शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्