बुधबार, असार ४, २०८२

परमादेशको भोलिपल्ट रिगल जेल चलान

 |  शुक्रबार, कात्तिक १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १७, २०८०

vianetvianet

योगराज ढकाल ‘रिगल’ लाई थप सजाय भुक्तान गराउन जिल्ला अदालत बाँके पठाइएको छ। सर्वोच्च अदालतको आदेशपछि हिजो पक्राउ परेका रिगललाई प्रहरीले आज अदालतमा पेश गरेको थियो। जिल्ला अदालत बाँकेले रिगललाई जिल्ला कारागार पठाउन आदेश दिएसँगै उनलाई जेल हालिएको हो।

उनले अब ११ वर्ष ११ महिना ५ दिन थुनामा बस्नुपर्ने हुन्छ। रिगल गत असोज ३ गते संविधान दिवसका दिन जेलबाट छुटेका थिए। सरकारको सिफारिसमा उनलाई राष्ट्रपतिले कैद मिनाहा गरिदिएका थिए।
उनको कैद मिनाविरूद्ध सर्वोच्चमा रिट परेपछि अदालतले पुन: जेल पठाउन परमादेश दिएको हो।

रिगलले ०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको प्रमाणित भएको छ। सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेपछि चेतनकी श्रीमती भारती शेर्पा  मानन्धरले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

प्रकाशित: Nov 03, 2023| 14:18 शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोही किन सन्तान जन्माउन अनिच्छुक ?

कोही किन सन्तान जन्माउन अनिच्छुक ?

सार्वजनिक प्रतिवेदनले विभिन्न प्राज्ञिक अनुसन्धान तथा १४ राष्ट्रहरूमा गरिएको अध्ययनले प्रत्येक पाँचमध्ये एक व्यक्तिले आफूले इच्छा गरे जति बच्चा नजन्माउन नपाएको उल्लेख गरेको देखाएको छ।...