आइतबार, वैशाख १३, २०८३

टी-२० विश्वकपका लागि छनोट भयो नेपाल

 |  शुक्रबार, कात्तिक १७, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १७, २०८०

आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकप २०२४ का लागि नेपाल छनोट भएको छ।

National life

आइसिसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा जित निकालेर फाइनलमा पुगेसँगै नेपाल १० वर्षपछि टी-२० विश्वकपमा  छनोट भएको हो।

यूएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा आसिफ शेखले अर्धशतक प्रहार गरे। आसिफले नटआउट ६३ रन बनाए। उनले ५० बलमा ६ चौका र २ छक्का हिर्काए। रोहित पौडेलले २० बलमा नटआउट ३५ रन बनाए।

ओपनर कुशल भुर्तेल ११ रन बनाएर आउट भए। उनी तेस्रो ओभरको अन्तिम बलमा निलान्स केस्वानीको बलमा मोहमद वासीमबाट क्याच भए। कुशलले आउट हुनुअघि २ चौका हाने।
गुल्सन झा दशौं ओभरमा बासिल हमीदबाट २२ रनमा बोल्ड भए। उनले आउट हुनुअघि २४ बलमा ३ चौका प्रहार गरे। टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ९ विकेटको क्षतिमा १३४ रन जोडेको थियो।

 

kumari

 

प्रकाशित: Nov 03, 2023| 14:11 शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्