दुई पाइलटबीच विमानस्थलमै भएको झगडा भएको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापस्थित मन्थली विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ। प्राधिकरणका अनुसार यस विषयमा अनुसन्धान अगाडि बढाइएको छ।
विमानस्थलमै दुई पाइलटले हात हालाहाल गरेपछि विमानस्थलका प्रमुख अशोक थापा निलम्बनमा परेका हुन्। कुटाकुट गर्ने पाइलटलाई पनि प्राधिकरणले ग्राउण्डेड गरेको छ।
तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स निलम्बनमा परेको हो। आज बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका पाइलटबीच जहाजबाट झरेपछि हात हालाहाल भएको थियो।