आइतबार, वैशाख १३, २०८३

सामूहिक बलात्कारमा कराँतेका दुई प्रशिक्षक दोषी ठहर

 |  शुक्रबार, कात्तिक १७, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १७, २०८०

किशोरीमाथि सामूहिक बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कराँतेका दुई जना प्रशिक्षकलाई जिल्ला अदालत मोरङले दोषी ठहर गरेको छ। विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले दोषी ठहर गरेको हो।

National life

दुवै ६ भदौ २०७९ देखि पुर्पक्षका लागि थुनामा थिए। करणी मुद्दामा सुवेदी र राउत दोषी ठहर भए  पनि कैद सजाय निर्धारण भने कात्तिक २२ गतेको इजलासले गर्नेछ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का स्थायी प्रशिक्षक उनीहरुले विराट हेल्थ कलेजमा अध्ययनरत एक छात्रालाई विराटनगरस्थित एउटा होटलमा लगेर सामूहिक करणी गरेका थिए। सुरज विराट हेल्थ कलेजमा डिसिप्लिन इन्चार्ज पनि थिए। परीक्षामा सहयोग गर्ने बहानामा छात्रासँग नजिकिएका सुवेदीले पटक–पटक करणी गरेका थिए। सुवेदीले छात्रालाई इच्छा विपरीत होटलमा लगेर आफ्ना नजिकका साथी राउतलाई पनि बोलाएका थिए।

दुई जनाले करणी गरेपछि किशोरीले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। जाहेरीपछि सुवेदी र राउतलाई प्रहरीले २०७९ साउन ८ गते पक्राउ गरेर घटनाको अनुसन्धान गरेको थियो। करणीका क्रममा उनीहरुको भिडियो पनि बनाएको  पीडितको दाबी छ।

 

kumari

प्रकाशित: Nov 03, 2023| 12:22 शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्