बिहीबार, असार ५, २०८२

हाइड्रोपावरमा कार्यरत मजदुरको लडेर ज्यान गयो

 |  शुक्रबार, कात्तिक १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १७, २०८०

vianetvianet

लिखु नदीमा निर्माणाधीन लिखु हाइड्रोपावरमा कार्यरत एक मजदुरको पर्खालबाट लडेर ज्यान गएको छ। काम गर्ने क्रममा बिहीबार पर्खालबाट लड्दा रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरे सामुडाँडाका ३० वर्षीय कैलाश कार्कीको ज्यान गएको हो।

काम गर्ने क्रममा ड्यामको गेटको पर्खालबाट करिब २० मिटर तल झरेका कार्कीलाई तत्काल घटनास्थलबाट उद्धार गरी उपचारको लागि सोलुको किज्याङ अस्पतालमा भर्ना गरिएको थियो। सो अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि रामेछापको सदरमुकाम मन्थलीतर्फ ल्याउने क्रममा बिहीबार राति बीच बाटोमा नै उनको ज्यान गएको हो।

घटनापछि मृतक कार्कीका आफन्तले बीच बाटोबाटै शव फर्काएर हाइड्रोपावरको गेटमा राखेर आन्दोलनमा उत्रिएका छन्। मृतक कार्कीका आफन्तहरुले मृतकको परिवारका सदस्यलाई रोजगारीको ग्यारेन्टी गरिनुपर्ने र परिवारका सदस्यलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका हुन्।

प्रकाशित: Nov 03, 2023| 12:09 शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्