बिहीबार, असार ५, २०८२

विषाक्त धुवाँका कारण दिल्लीमा विद्यालय बन्द

 |  शुक्रबार, कात्तिक १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १७, २०८०

vianetvianet

विषाक्त धुवाँका कारण भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार विद्यालय बन्द गरिएको छ। विषाक्त धुवाँले नयाँदिल्लीका तीन करोड बासिन्दाको जीवन कष्टपूर्ण बनेको छ।

किसानले जलाएको परालको धुवाँ, सवारी साधनबाट निस्कने धुवाँ र कारखानाको उत्सर्जनले हरेक जाडोयाममा राजधानी नयाँ दिल्लीलाई घातक धुवाँले ढाक्छ।

अनुगमन गर्ने संस्था आइक्यूएयरका अनुसार शुक्रबार सबैभन्दा खतरनाक पिएम २.५ कणहरूको स्तर विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको भन्दा दैनिक ३५ गुणा अधिक थियो। पिएम २.५ कण रक्त प्रवाहमा प्रवेश गर्न सक्ने अति सानो कण हो।
    
नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार राजधानीका सबै प्राथमिक विद्यालय कम्तीमा दुई दिनका लागि बन्द रहने घोषणा गरेका थिए।–

प्रकाशित: Nov 03, 2023| 11:54 शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्