रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल गर्ने दुई पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउण्डेड (निलम्बन) गरेको छ।
प्राधिकरणका अनुसार तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स निलम्बन भएको हो। उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ।
आज बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका ती पाइलटबीच जहाजबाट झरेपछि हात हालाहाल भएको थियो। उनीहरुबीच व्यक्तिगत कारणले झगडा भएको बताइएको छ।