सन् १९९२ मा टेलिभिजनको पर्दाबाट आएका एउटा नयाँ हिरो शाहरुख खानको फिल्म 'दिवाना’ रिजिल भयो। त्यतिबेला नै एउटा सम्भावनायुक्त स्टारले दर्शकको मनमुटुमा स्थान बनाइसकेको थियो। कसैको परवाह नगर्ने बागी स्वाभावका शाहरुखले त्यतिबेला दिवानामा मात्रै इन्ट्री मारेका थिएनन्, उनले दर्शकको मनमा पनि प्रवेश पाएका थिए।
उनले सही अर्थमा बक्स अफिसमा उधुम मच्चाएका थिए। १९९३ मा शाहरुखको 'बाजीगर’ र 'डर’ रिलिज भयो। आज शाहरुखलाई किङ अफ रोमान्स भनिन्छ तर सफलताको पहिलो खुड्किलो उनले रोमान्सको माध्यमबाट नभएर एन्टी–हिरो बनेर चढेका छन्। एन्टी–हिरोको रूपमा १९९३ मा सुरु भएको 'बाजीगर’ को यो यात्रा २०२३ मा 'जवान’ सम्म आइपुगेको छ।
वरिष्ठ फिल्म पत्रकार नम्रता जोशी भन्छिन्, 'बाजीगर’ र 'डर’ मा शाहरुखको एन्टी–हिरो वाला इमोशन एउटी केटीप्रति उनको प्रेमबाट प्रेरित थियो। तर पछि उनले नेगेटिभ इमेजलाई छोड्दै कुल, ग्लोबल, सहरी रोमाटिन्क हिरोको छविलाई स्वीकार गरे। पछिल्ला केही वर्षमा जब उनले स्वयंलाई रि–इन्भेन्ट गर्ने कोशिश गरे, उनका फिल्म चल्न नै बन्द भयो। २०२३ मा ’पठान’ र ’जवान’को माध्यमबाट उनले स्वयंलाई नयाँ स्वरुपमा ढालेका छन्। हिन्दी सिनेमाको लागि यो कुरा नयाँ नै हो। हामी जुन हालतमा बसिरहेका छौं, त्यहाँ शाहरुख जवान जस्तो फिल्ममा सत्तालाई खुला चुनौती दिन्छन्। यस प्रकारको सत्ता विरोधी धार अपनाउनु ध्यान दिन योग्य कुरा हो। ’बाजीगर’ मा एक प्रेमिकाको लागि एन्टी–हिरो बन्नु त्यसपछि ’जवान’ मा पूरै सत्ताको विरोधमा एन्टी हिरो बन्नु, यी दुवैमा आधारभूत अन्तर छ र यसैले शाहरुखको यात्रालाई दर्शाउँछ।’
अब्बास–मस्तानको फिल्म 'बाजीगर’ ३० वर्ष अघि १९९३ मा रिजिल भएको थियो। सम्भवतः कसैलाई लागेको थिएन होला एक नयाँ हिरो जो दुईचार सिरियल र एक–दुई फिल्ममा काम गरेका छन् उनले एउटा यस्तो हत्यारको भूमिकामा निभाउँछन्, जो बिना कुनै ग्लानि हत्यामाथि हत्या गर्दै जान्छ र उसको अनुहारमा कुनै अपराधको भाव आउँदैन।
’बाजीगर’ को शुरुआतमा शाहरुख र शिल्पा शेट्टीबीच दुई रोमान्टिक गीत आउँछ। त्यसपछि उनीहरु कोर्ट म्यारिज गर्न जान्छन् र अनायास शाहरुखले शिल्पा शेट्टीलाई निर्दयतापूर्वक अग्लो भवनको छतबाट तल धकेलिदिन्छन्। यसलाई अंग्रेजीमा कोल्ड ब्लडेड मर्डर भनिन्छ। रोमान्सको बीच यो सिन यति हतारमा आउँछ कि फिल्म हेरिरहेका दर्शक आश्चर्यचकित भएका थिए। त्यस समयको लागि यो एकदमै शकिङ र लीकबाट हटेर बनाइएको चलचित्र थियो।
त्यही बेला सलमान खान ’मैने प्यार किया’ मा प्रेमको लागि हरेक परीक्षा दिन्छन् र आमिर खान ’कयामत से कयामत तक‘ मा प्रेमको लागि मर्छन्। अजय शर्मा अर्थात् विकी मल्होत्रा (शाहरुख) ले भने बाजिगरको रोलबाट बलिउड हीरोको छवि तोडिदिएका थिए। फिल्म इतिहासकार अमृत गंगर भन्छन्, 'त्यसो त शाहरुखले लिकबाट हटेर मणि कौलको फिल्म ’अहमक’ बाट शुरुआत गरेका थिए र उनले ’माया मेम साहब’ जस्तो फिल्म पनि खेले। भने ’सर्कस’ जस्तो सीरियलमा काम गरे। तर ’बाजीगर’ ठूलो कमर्शियल हिट भयो र एन्टी–हिरो रोलमा उनलाई स्थापित गरायो। म यसलाई शाहरुख खानको एक्टिङ कौशलको रुपमा हेर्छु। यसले उनको रेन्जलाई दर्शाउँछ। साथै यसले बलिउड कास्टिङमा देखिने स्टेरियोटाइपलाई तोड्ने शाहरुखको ल्याकतलाई समेत दर्शाउँछ। ’डर’ मा पनि यश चोपडाले उनलाई नेगेटिभ रोल दिए जो हिरोको लागि त्यतिबेला ट्याबु मानिन्थ्यो।’
’बाजीगर’ को चरित्र यति डार्क थियो कि थुप्रै चलेका हिरोहरुले यो रोल अस्वीकार गरिदिएका थिए। इन्डस्ड्रीमा नयाँ भए पनि शाहरुख ति हिरो थिए जसले यो दाउ लिने आँट गरेका थिए। ’बाजीगर’ रिलिज भएको एक महिनापछि १९९३ मा यश चोपडाको ’डर’ आयो जसमा शाहरुख खान एउटा यस्तो युवकको चरित्रमा देखिए जो मानसिक रुपले अस्थिर छ। उसको एकतर्फे प्रेमले उसलाई यस्तो हदसम्म पुर्याउँछ जहाँ उनी स्वयंको लागि र जोसँग उनी प्रेममा गर्छन् उनको लागि समेत खतरा बन्न पुग्छन्।
’डर’ मा जुन रोल शाहरुखले गरे त्यो यश चोपडाले पहिले ऋषि कपुरलाई दिएका थिए। आफ्नो आत्मकथा ’खुल्लम खुल्ला’ मा ऋषि कपुर लेख्छन्, ’जब यश चोपडाले मलाई उक्त रोलको लागि भनेका थिए- मैले भनेँ, भिलेनको रोललाई म न्याय गर्न सक्दिनँ। मैले भर्खर तपाईंको चाँदनी (जो रोमान्टिक फिल्म थियो) मा काम गरेँ। तर मैले ’खोज’ मा नेगेटिभ रोल गर्दा त्यो फ्लप भएको थियो। तपाईं शाहरुखलाई लिन सक्नुहुन्छ। मैले उसँग काम गरेको छु। शाहरुख स्मार्ट र होनकार केटा हो। त्यसपछि त्यो फिल्म आमिर खान र अजय देवगनको पोल्टामा गयो। तर उनीहरुले पनि त्यसमा काम गरेनन् र अन्त्यमा शाहरुखले त्यो भूमिका खेले।’
’बाजीगर’ का विकी र ’डर’ का राहुल, दुवै चरित्रमा शाहरुखले जस्तो काम गरेका छन्, त्यसले सामान्यतः घृणाको भाव उत्पन्न हुनुपर्ने हो। तर दुवै फिल्मको यही विरोधाभासी कुरा थियो कि त्यसमा दर्शकले हिरोको रुपमा सनी देओल वा अर्को कलाकार नभएर शाहरुखमा नै हिरो देखिएको थियो।
यसको क्रेडिट स्क्रिनप्ले लेखक वा निर्देशकलाई दिन सकिन्छ। तर मान्छेले पर्दामा देखिएका शाहरुखलाई नै सम्झनामा राखे। अमृत गंगर भन्छन्, ’१९९० को दशक परिवर्तनको दशक थियो र दर्शक शाहरुखको पर्सनालिटीसँग स्वयंलाई जोड्न पाइरहेका थिए। शाहरुखको यो नेगेटिभ रोल प्रेम र इरोटिकाको इमोशनमा मिलेको थियो। यी भूमिकाहरुमा एक प्रकारको पागलपन थियो, केही यस्तो नौलोपन जसको युवाहरुलाई खोज थियो। जस्तो ’डर’ मा यस्तो इमोशनलाई देखाइयो थियो जो हिन्दी फिल्मा देख्न पाइँदैनथ्यो। स्क्रीनमा शाहरुखको त्यो चार्म एक प्रकारको रहस्य बनेको थियो।’
’डर’ को त्यो सिन सम्झनुस् त- चुपचाप बस्ने राहुल (शाहरुख) फोनमा आफ्नी आमासँग कुरा गर्छ जो उहिल्यै बितिसकेकी छन्। छुरीले आफ्नो छातीमाथि किरण लेख्न लगाउँछ। जब जुही चावलाको हुनेवाला श्रीमान् सनी देओल बहरुपिया बनेका शाहरुखलाई देख्छन् र उनको पछाडि भाग्छन्, लभगभ तीन मिनेटको त्यो चेज जब चल्छ त्यतिबेला शाहरुखको चरित्र गलत हो भनेर थाहा हुँदा पनि थुप्रै दर्शक उनको साइड हुन्छन्।
‘दिलवाले दुल्हनिया ले जाएँगे’, ’दिल तो पागल है’, ’कुछ कुछ होता है’ जस्ता फिल्म त पछिमात्रै आए र शाहरुखलाई किङ खान बनाइदिए तर किङ खान बन्ने यात्रामा एन्टी हिरो शाहरुखको भूमिकाले नै उनको लागि सफलताको बेस तयार गरेको हो। दर्शकलाई एक यस्तो कलाकार पनि दियो जसले रिस्क लिने आँट देखाउन सक्थे। त्यो चाहे ’अंजाम’ ’माया मेमसाब’ अथवा ’ओ डार्लिङ ये है इन्डिया’ फिल्म होस्।
शाहरुखको सुपरस्टारडमको यस यात्रामा फूलै–फूल मात्र थिएन। शुरुका केही फिल्म फ्लप पनि भए। फिल्ममा सुपरस्टारको छविबाट निस्केर चरित्रमा नढल्ने कारण कतिले आलोचना पनि गरे। तर यसबीच उनले बक्स अफिसको सबै रेकर्ड पनि तोडेका थिए। त्यसपछि हिरोबाट जिरो पनि बने, जब सबैले भन्न थालेका थिए शाहरुखको दिन अब गए। कति वर्षसम्म त शाहरुख सिनेमाको पर्दामा देखा परेनन्। यसबीच उनका भनाइहरुमाथि राजनीतिक टिकाटिप्पणी पनि भयो। उनको छोरालाई जेल पनि भयो। तर शाहरुख एकदमै चुपचाप बसे।
२०२३ शाहरुखले ’पठान’ र त्यसपछि ’जवान’ बाट आफ्नो शैलीमा जवाफ दिए। आफ्नो मौनता तोड्दै उनले जवान फिल्मको एक डाइलग ’छोरालाई हात लगाउनुभन्दा पहिले बाउसँग कुरा गर’ भन्ने गतिलो जवाफ फर्काए। जवानको यस डाइलागबाट सबैले आफ्नो–आफ्नो राजनीतिक र सामाजिक मतलब निकाले।
’बाजीगर’ र ’डर’ को जस्तै ’जवान’ का आजाद राठौर पनि एक प्रकारका एन्टी–हिरो नै हुन् तर उनी १९९० को एन्टी–हिरो भन्दा फरक छन्। आजाद राठौर समाजमा फैलिएको भ्रष्टाचारलाई एक भिजिलान्ते ग्रुपको माध्यमबाट चुनौती दिन्छन्। उनले कानुन तोड्छन् भने शासनको नियम–काइदा उनको लागि अर्थ राख्दैन। तर यो एन्टी–हिरो ’बाजीगर’को विकी वा डरको राहुलजस्तै कसैको हत्या गर्दैन, बरु मान्छेको ज्यान जोगाउँछ।
यद्यपि नम्रता जोशीको आफ्नो गुनासो पनि छ, ’जवान सफल रह्यो तर एउटा फिल्मको हैसियतले यो मेरो लागि काम गर्छ भन्ने मलाई लाग्दैन। यो एक पुरुष प्रधान फिल्म हो। शाहरुखले प्रयास गरेका छन् कि महिलालाई समेत स्थान दिइयोस् तर यो फिल्मको तुलनामा शाहरुखको ’चक दे इन्डिया’ जस्तो फिल्मलाई म रुचाउँछु, जहाँ महिलाहरुको टिमलाई जितसम्म लिएर जान्छन्। जवानमा जेण्डर समानतालाई देखाउने प्रयास गरिएको छ तर त्यो प्रभावकारी रहेन
कुरा बाजीगरबाट शुरू भएको थियो भने अब त्यहीँ समाप्त गरौं। फिल्मको शुटिङ डिसेम्बर १९९२ मा शुरू भएको थियो तर त्यसपछि बम्बे दंगाहरुको आगोमा खरानी हुँदै रह्यो र महिनौंपछि पुनः यसको शुटिङ शुरु भएको थियो। फिल्मका लागि श्रीदेवी, माधुरीदेखि लिएर थुप्रै अभिनेत्रीहरुसँग कुरा भएको थियो। तर श्रीदेवी दुवै दिदीबहिनी अर्थात् काजोल र शिल्पाको रोल गर्न चाहन्थिन्। निर्देशकलाई लाग्यो- शाहरुखको हातबाट श्रीदेवी जस्तो ठूलो अभिनेत्रीको हत्या सम्भवतः दर्शकले रुचाउँदैनन् होला।
फिल्ममा दलीप ताहिलले मदन चोपडाको चरित्र निभाएका थिए जोसँग बदला लिनको लागि शाहरुख खान अजयबाट विकी अर्थात् बाजीगर बन्छन्। हालै ’द अनट्रिडगर्ड’ नामको एक पडकास्टमा दलीप ताहिलले भनेका थिए, ’म लन्डनको हिथ्रो एयरपोर्टमा थिएँ। एउटी केटी मेरो छेउमा आइन् र भनिन् - तिमीले बाजिगरमा शाहरुखलाई किन त्यसरी कुटेको ? भन किन ? त्यो केटी शाहरुख–मय भइसकेकी थिइन्।’
यसबीच शाहरुख राज बनेर आए, इन्डिया टीमको कोच कबीर खान पनि बने। ’स्वदेश’ फर्कने मोहन पनि बने, ’पहेली’मा गाउँका किशनलाल, ’यस बोस’मा राहुल, ’हे राम’ का अमजद अली खान र जिरोको बऊआ सिंह पनि बने। असल जीवन र पर्दाको जीवनको बीच यही चरित्रमा कसैले उनलाई आफ्नो हिरो मानेका छन्, कसैले भिलेन त कसैले एन्टी–हिरो।