बिहीबार, असार ५, २०८२

नेपाली सेनाको अधिकृत क्याडेट पदमा भर्ना खुल्यो

 |  शुक्रबार, कात्तिक १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १७, २०८०

vianetvianet

काठमाडौं- नेपाली सेनामा जागिर खुलेको छ। सैनिक साधारण सेवा समुह अन्र्तगत २२९ जना अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको हो। 

सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि शुक्रबार सार्वजनिक सूचना जारी गरी आवेदन माग गरेको हो। 

नेपाली सेनाका लागि २२९ अधिकृत क्याडेट खुला तथा समावेशी प्रतियोगितामार्फत पदपूर्ति गरिने जनाईएको छ। जसअनुसार सैनिकका सन्तति १२, खुल्लातर्फ १२२, महिला १७, आदिबासी-जनजाति ३३, मधेसी २७, दलित १५ र पिछडिएको क्षेत्रबाट ३ सहित कुल २२९ जना अधिकृत क्याडेट माग गरेको हो। 

आजदेखि मंसिर २३ गतेसम्म र दोब्बर दस्तुर बुझाई थप एक हप्तासम्म आवेदन दिन सकिने सेनाले जनाएको छ।

प्रकाशित: Nov 03, 2023| 08:40 शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्