बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै

 |  शुक्रबार, कात्तिक १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १७, २०८०

काठमाडौं- सरकारले आज र भोलि भिटामिन ए र जुकाको औषधी खुवाउँदै छ। यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य मन्त्रालयको आब्हान र संयोजकत्वमा आज र भोलि भिटामिन ए र जुकाको औषधी खुवाउन लागिएको हो। 

triton college

सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक नियमित रुपमा भिटामिन ए र जुकाको औषधी खुवाउने गरेको छ।

तर, यसअघि नियमित रुपमा परेको मितिमा यसपटक नेपालीहरूको महान पर्व बडा दशैँ परे पछि पूर्व निर्धारित मिति सार्नु परेको थियो। जसकाकारण यसपटक सो कार्यक्रम कात्तिक १७ र १८ गते राखिएको हो। 

दुई दिनसम्म चल्ने सो अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित: Nov 03, 2023| 08:21 शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्