आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • आजको मौसम: पहाडी भूभागमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

आजको मौसम: पहाडी भूभागमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

 |  शुक्रबार, कात्तिक १७, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १७, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: Nov 03, 2023| 07:52 शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्