शुक्रबार, जेठ २२, २०८३

इजरायली सेनाले भन्यो- हामीले गाजा सहरलाई पूरै घेरिसक्यौं

 |  शुक्रबार, कात्तिक १७, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १७, २०८०

हमासविरुद्धको संघर्षका क्रममा आफूहरुले गाजा सहरलाई पूरै घेरिसकेको इजरायली सेनाले बताएको छ। इजरायल डिफेन्स फोर्सका प्रवक्ता डेनियल हगारीका अनुसार सेनाले हमासका थुप्रै अड्डाहरुमा आक्रमण गरेको छ।

National life

गाजा पट्टीको उत्तरी इलाकास्थित गाजा सिटी यु्द्ध सुरु हुनु अघिसम्म घना आवादी भएको इलाका थियो। त्यहाँ करिब सात लाख मानिस बस्थे। १३ अक्टोबरमा इजरायलले उत्तरी गाजाका मानिसलाई दक्षिणी इलाकामा जान चेतावनी दियो। 

अहिले गाजा सिटीमा कति मानिस छन् भन्ने यकिन छैन। तर सार्वजनिक भएका तस्बिर हेर्ने हो भने सहर पूरै ध्वस्त भएको छ र सडक खाली छन्।

इजरायलले बारम्बार भनिरहेको छ- गाजा सिटी हमासको सबैभन्दा बढी पकड भएको इलाका हो र उ त्यसलाई नष्ट गर्न चाहन्छ।

इजरायल र हमासबीच जारी द्वन्द्व सुरु भएयता गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टिनीको संख्या नौ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ।

Shivam cement

मन्त्रालयका प्रवक्ता असरफ अल–कद्राले पत्रकार सम्मेलनमा तीन हजार ७६० बालबालिका र दुई हजार ३२६ महिलासहित मृत्यु हुनेको संख्या नौ हजार ६१ पुगेको र घाइतेको संख्या ३२ हजार नाघेको जानकारी दिए।

इजरायली सेनाले पछिल्लो २४ घण्टामा १५ वटा आक्रमण गर्दा २५६ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएको उनले बताए।

गाजाको सरकारी सञ्चार कार्यालयले इजरायलले आफ्नो आक्रमणको सुरुवातदेखि गाजापट्टीमा १० भन्दा बढी बम खसालेको र इजरायलले प्रयोग गर्ने विस्फोटक पदार्थको मात्रा दुई हजार ५०० टनभन्दा बढी वा प्रतिवर्ग किलोमिटर लगभग ७० टन पुगेको अनुमान गरेको छ।

अक्टोबर ७ मा हमासले इजरायलमाथि एक्कासि आक्रमण गरी हजारौँ रकेट प्रहार गरेको थियो र इजरायली भूमिमा घुसपैठ गरेको थियो, जसमा इजरायलमा कम्तीमा एक हजार ४०० व्यक्तिको मृत्यु भएको थियो।

यसको जवाफमा इजरायली सेनाले गाजापट्टीविरुद्ध हवाई आक्रमण र स्थलगत कारबाही सुरु गरेको थियो भने प्यालेस्टिनी इलाकामा नाकाबन्दी लगाएको थियो।

प्रकाशित: Nov 03, 2023| 07:49 शुक्रबार, कात्तिक १७, २०८०
प्रतिक्रिया दिनुहोस्