आइतबार, वैशाख २३, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • आफैं सहभागी भएको मन्त्रिपरिषद्‌ले गरेको निर्णयको विरोधमा एमाले उपाध्यक्ष पौडेल 

आफैं सहभागी भएको मन्त्रिपरिषद्‌ले गरेको निर्णयको विरोधमा एमाले उपाध्यक्ष पौडेल 

 |  बिहीबार, कात्तिक १६, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १६, २०८०

काठमाडौं- नेकपा एमालेका नेता विष्णु पौडेलले आफू सहभागी भएको मन्त्रिपरिषद्‌ले गरेको निर्णयको विरोध गरेका छन्। एमाले उपाध्यक्षसमेत रहेका सांसद विष्णु पौडेल फागुन १ गते जनयुद्ध दिवस मनाउने मन्त्रिपरिषद्‌को निर्णय गर्दा सोही मन्त्रिपरिषद्‌मा उपप्रधानमन्त्री थिए। 

triton college

२०७९ माघ २९ गते बसेको मन्त्रिपरिषद्ले फागुन १ लाई 'जनयुद्ध दिवस' मनाउने गरी विदा दिने निर्णय गर्दा भने नेकपा एमालेले समर्थन गरेको थियो। यद्पि २०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएपछि भने यसको विरोध गरिरहेको छ। 

एमाले उपाध्यक्ष पौडेलले बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै भने, ‘फागुन १ गते दिवस मनाएर देशमा कुनै लोकतन्त्रको सबलीकरण हुन सक्दैन। नेपालको लोकतान्त्रिक छवि अन्तर्राष्ट्रियजगतमा स्थापित हुन सक्दैन भन्ने मलाई लाग्दछ। यदि यो सरकारलाई फागुन १ गते युद्ध दिवस मनाउनै पर्छ भन्ने लाग्छ, उसलाई यो ठीक हो भन्ने लाग्छ भने म सरकारलाई चुनौतीका साथ भन्न चाहन्छु, सरकारले फागुन १ गते युद्ध दिवस मनाउनु पर्छ भन्ने प्रस्ताव यो सदनमा प्रस्तुत गरेर पारित गर्ने आँट गरोस्। त्यो आँट छ सरकारसँग?'

यद्पि एमाले उपाध्यक्ष पौडेलको यस अभिव्यक्तिको नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका वर्षमान पुनले विरोध गरेका छन्। उनले भने, ‘जनयुद्ध दिवसका विषयमा म स्मरण गराउन चाहन्छु, माघ २९ गते त्यो निर्णय भएको रहेछ। पूर्ववक्ता माननीयज्यू उपप्रधानमन्त्री हुनुहुँदोहरेछ। त्यही क्याबिनेटले निर्णय गरेको रहेछ। म व्यक्तिकेन्द्रित हुन चाहन्न। हाम्रो संस्कार कहाँबाट आउने हो? हामी आफैं निर्णय गर्ने? अर्को ठाउँमा जाँदा त्यही कुरा अर्को कसरी हुन्छ ? हामी सबैले आफ्नो संस्कार र संस्कृति सुधार गरौं। हामी सबै आफूतिर फर्किऔँ।’
 

प्रकाशित: Nov 02, 2023| 16:39 बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्