आइतबार, वैशाख २३, २०८१

रिगललाई पक्राउ गर्न खटियो प्रहरी 

 |  बिहीबार, कात्तिक १६, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १६, २०८०

काठमाडौं- सर्वोच्च अदालतको आदेश प्राप्त भएलगत्तै नेपाल प्रहरीले नेपालगञ्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका योगराज ढकाल (रिगल) लाई पक्राउ गर्न प्रहरी परिचालन भएको छ। 

triton college

न्यायाधीश ईश्वर खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो। अदालतले उनलाई तत्काल थुनामा पठाउन समेत उत्प्रेषणको आदेश दिएको हो।

अदालतको आदेशसँगै प्रहरीले ढकाललाई ‘तत्काल पक्राउ गरेर बुझाउने’ बताएको छ। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले भने, ‘अदालतको आदेशसँगै प्रहरीले उनको खोजी थालेको छ र जतिसक्दो चाँडो पक्राउ गरेर कारागारमा बुझाउँछौं। उनको खोजीका लागि प्रहरी परिचालन भइसकेको छ।’

आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दिएकी थिइन्।

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २८ असार २०७२ मा चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगलमाथि थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

corrent noodles
Metro Mart

प्रकाशित: Nov 02, 2023| 16:16 बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्