बुधबार, भदौ १७, २०८३

ओमनसँग नेपाल पाँच रनले पराजित

 |  बिहीबार, कात्तिक १६, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १६, २०८०

आईसीसी टी-२० विश्वकप छनोट अन्तर्गत बिहीबारको खेलमा नेपाल ओमनसँग पाँच रनले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमनले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १४० रनमै समेटिएको हो।

नेपालका लागि कुशल भुर्तेलले २६, सोमपाल कामीले, रोहित पौडेल र सुन्दीप जोराले १२-१२ तथा कुशल मल्लले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

ओमनका लागि सकील अहमद, मेहरन खान र अकिब इलयासले दुई-दुई तथा बिलाल खान र जीसम मक्सूदले एक-एक विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको ओमनले नौ विकेटको क्षतिमा १४५ रन बनाएको थियो।

नेपालका लागि करण केसीले तीन, सोमपाल कामी र सन्दीप लामिछानेले दुई-दुई तथा गुल्सन झा र अविनाश बोहराले एक-एक विकेट लिए।

यो जितसँगै ओमन समूह ‘ए’को शीर्षस्थानमा र नेपाल दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन्।

प्रकाशित: Nov 02, 2023| 12:32 बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्