बुधबार, असार ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • आज शाहरुखको ५८ औं जन्मदिन, फ्यानको भीड नियन्त्रण गर्न लाठीचार्ज

आज शाहरुखको ५८ औं जन्मदिन, फ्यानको भीड नियन्त्रण गर्न लाठीचार्ज

 |  बिहीबार, कात्तिक १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १६, २०८०

vianetvianet

बलिउड अभिनेता शाहरुख खान आज ५८ औं जन्मदिन मनाउँदैछन्। हरेक वर्षजस्तै यस वर्ष पनि उनले भारतको मुम्बईस्थित आफ्नो निवास मन्नत बाहिर भेला भएका सयौं फ्यानलाई कौसीमा निस्किएर अभिवादन गरे।

आफ्ना प्रिय सुपरस्टारलाई जन्मदिनको शुभकामना दिन फ्यान रातिदेखि नै मन्नत बाहिर भेला भएका थिए। उनीहरुले १२ बजेपछि आतिशबाजी, हुटिङ र कोलाहल गरेर खुशी व्यक्त गरेका थिए। शाहरुखले पनि मन्नतको रेलिङमा चढेर फ्यानलाई धन्यवाद दिए। शाहरुखको एक झलक हेर्न उर्लिएको भीड नियन्त्रणबाहिर गएपछि प्रहरीले लाठीचार्ज नै गर्नुपरेको थियो।

राति १२ बजेपछि शाहरुख कालो टी-सर्ट, क्याप, कार्गो जिन्स र कालो चस्मा लगाएर मन्नतको रेलिङमा देखा परेका थिए। उनले फ्लाइङ किस र थम्ब्स अप गर्दै फ्यानलाई धन्यवाद दिए। शाहरुखलाई देखेर भीडले उनको जन्मदिनको गीत गाएर चर्को स्वरमा हल्ला गरेका थिए।

शाहरुख आउनुअघि उनको एक झलक पाउनका लागि ब्यारिकेडको लाइन अगाडि आएका फ्यानलाई फेरि धकेल्दै मन्नत बाहिर तैनाथ प्रहरीले लाठीचार्ज गरी भीडलाई नियन्त्रणमा लिएको थियो।

शाहरुख हरेक जन्मदिनमा फ्यानका लागि मन्नतको कौसीमा आउँछन् र फ्यानलाई धन्यवाद दिन्छन्। यसबाहेक शाहरुख ईद र आफ्नो फिल्मको रिलिज वा सफलतापछि पनि त्यहाँ देखिन्छन्।

शाहरुख हरेक वर्ष आफ्ना फ्यानलाई भेट्न बाहिर निस्किए पनि सन् २०२१ मा भने यो परम्परा तोडेका थिए। कार- त्यतिखेर छोरा आर्यन खान लागू औषध मुद्दामा पक्राउ परेका थिए। २०२० मा पनि कोभिडका कारण शाहरुखले फ्यानलाई मन्नत बाहिर भेला नहुन अपिल गरेका थिए।

प्रकाशित: Nov 02, 2023| 11:54 बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्