सोमबार, असार २९, २०८३

बाइडेनले भने- इजरायल-हमास युद्ध रोकिनुपर्छ

 |  बिहीबार, कात्तिक १६, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १६, २०८०

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमासबीचको युद्ध रोकिनुपर्ने बताएका छन्। हमासले बन्धक बनाएका मानिसको मुक्तिका लागि युद्ध रोकिनुपर्ने उनले बताएका हुन्।

मिनेसोटामा आयोजित कार्यक्रममा एक महिलाले बाइडेनलाई प्रश्न सोध्दै गाजामा युद्धविरामको अपिल गरेकी थिइन्। जवाफमा बाइडेनले भने, 'मलाई लाग्छ यो (युद्ध) अब रोकिनुपर्छ। बन्धकलाई छुटाउन पनि अब युद्ध रोक्नुपर्छ।'

राष्ट्रपति कार्यालय ह्वाइटहाउसले भने बाइडेनको यो भनाइमा थप प्रष्टीकरण दिएको छ। राष्ट्रपति बाइडेनले मानवीय सहायता र हमासको कब्जामा रहेका २४० बन्धकको बारेमा कुरा गरेको ह्वाइटहाउसले बताएको छ।

प्रश्न गर्ने ती महिलालाई पछि सुरक्षाकर्मीले त्यहाँबाट निकालेका थिए। त्यसक्रममा उनले युद्धविरामका लागि नारा लगाएकी थिइन्। 

प्रकाशित: Nov 02, 2023| 11:42 बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्