बुधबार, भदौ १७, २०८३

ओमनले नेपाललाई दियो १४६ रनको लक्ष्य

 |  बिहीबार, कात्तिक १६, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १६, २०८०

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा ओमनले नेपाल समक्ष १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको ओमनले निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाएर १४५ रन बनायो।  

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा ओमनका कप्तान जिशान मकशुदले सर्वाधिक ३३ रन बनाए भने नशिम खुशीले २५ र प्रतिक अथबलेले २४ रन बनाए। श्किल अहमले २२ रन बनाउँदा आयान खानले १८ रन बनाए।

नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए भने सन्दिप लामिछाने र सोमपाल कामीले समान दुई-दुई विकेट लिए। अविनाश बोहरा र गुलशन झाले समान एक-एक विकेट लिए।

प्रकाशित: Nov 02, 2023| 10:50 बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्