बुधबार, भदौ १७, २०८३

सोमपालले लिए ओमानको दोस्रो विकेट

 |  बिहीबार, कात्तिक १६, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १६, २०८०

काठमाडौं- नेपालले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमानको दोस्रो विकेट पतन भएको छ। नेपालका सोमपाल कामीले ओमानका अकिव लियासको विकेट लिएका हुन्।

सोमपालको बलमा अकिव बोल्ड आउट भएका छन‍्। तीन ओभरमा ओमान २१ रन बनाएर खेलिरहेको छ। यसअघि करण केसीले ओमानका कश्यप प्रजापतीको विकेट लिएका थिए।

त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको थियो।

प्रकाशित: Nov 02, 2023| 09:36 बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्