मंगलबार, असार २४, २०८२

इजरायलबाट २६ दिनसम्म पनि आइपुगेन पाँच नेपालीको शव

 |  बिहीबार, कात्तिक १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १६, २०८०

vianetvianet

इजरायलमा ज्यान गुमाएका मध्ये पाँचजना विद्यार्थीको शव २६ दिन बित्दा पनि आफन्तले पाएका छैनन्। समयमा शव पहिचान हुन नसक्दा पाँच नेपालीको शव इजरायलले नेपाली दूतावासलाई हस्तान्तरण गर्न सकेको छैन।

शव समयमै प्राप्त गर्न नसक्दा परिवारजनमा पनि शोक र पीडा लम्बिएको छ। इजरायलमा असोज २० गते हमास समूहले गरेको हमलामा परी नेपालका १० जना विद्यार्थीले ज्यान गुमाएका थिए। नेपालबाट ‘लर्न एन्ड अर्न प्रोग्राम’ अन्तर्गत गएका विद्यार्थी दक्षिणी इजरायलको सेडोट नेगेब एग्रिकल्चर सेन्टरमा प्रशिक्षणरत थिए। 

त्यहीँ हमास समूहको आक्रमणमा परी १० जनाको मृत्यु भएको थियो। कञ्चनपुरको भीमदत्त नगरपालिका–३ झाँसीका विपीन जोशी अझै बेपत्ता छन्। 
पाँचजनाको शव सहजै पहिचान भएकोमा पाँचको पहिचान हुनै सकेको छैन। शव पत्ता लगाउन इजरायलले डिएनए र अन्य थप पहिचान खुल्ने विवरण माग गरेको छ।

पहिचान खुल्न नसकेका मृतकमा डोटीका राजन फुलारा र पदम थापा, शारदा नगरपालिका–३, सल्यानका प्रवेश भण्डारी, सपही–६ धनुषाका आनन्द साह र बराहक्षेत्र नगरपालिका–११, मधुवन सुनसरीका राजेशकुमार स्वर्णकार छन्।  
 

प्रकाशित: Nov 02, 2023| 07:21 बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार