शुक्रबार, कात्तिक ६, २०८३

टी-२० विश्वकप एसिया छनोट: आज ओमानसँग खेल्दै नेपाल

 |  बिहीबार, कात्तिक १६, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १६, २०८०

टी-२० विश्वकप एसिया छनोटमा आज नेपालले ओमानसँग खेल्दैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजेदेखि खेल सुरू हुनेछ।

समूह ‘ए’को  नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेको छ। नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो।

ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो। आजको खेलले समूह विजेताको टुंगो लाग्नेछ।

समूह ‘ए’को विजेताले समूह ‘बी’को उपविजेता र समूह ‘ए’को उपविजेताले समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनल खेल्नेछ।

समूह ‘बी’ बाट युएई सेमिफाइनल प्रवेश गरिसकेको छ। बाँकी एक टिमको टुंगो आजको खेलबाट लाग्नेछ। एसिया छनोटको फाइनल पुग्ने २ टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप खेल्नेछ।

प्रकाशित: Nov 02, 2023| 07:15 बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

चर्चामा एनपीएलको तेस्रो संस्करण, दर्शकमा बढदो क्रेज

नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ दर्शकहरुमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढिरहेको छ।