शुक्रबार, जेठ २२, २०८३

फेरि जेल जालान् रिगल ? फैसला आज

 |  बिहीबार, कात्तिक १६, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १६, २०८०

व्यक्ति हत्यामा सर्वस्वसहित जन्मकैद ठहर भएका रिगल भनिने योगराज ढकाललाई दिइएको माफीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउँदैछ। हिजो बहस सकिएपछि सर्वोच्चले आज फैसला सुनाउन लागेको हो।

National life

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा भइरहेको सुनुवाइमा सरकारी पक्षले बहस गरिरहँदा समय नपुगेपछि मंगलबार हेर्दाहेर्दैमा राखिएको थियो। बुधबार सरकारी वकिल, प्रतिवादी र निवेदकहरुले जवाफी बहस गरेका थिए।

बहस सकिए पनि फैसलाका लागि समय नपुगेपछि आजका लागि निसु तोकिएको हो। भारती शेर्पा मानन्धरले दायर गरेको रिटमा निवेदकको बहस भइरहेको थियो।

आज हुने फैसलाले रिगललाई पुन: थुनामा पठाउने कि सरकारले दिएको माफी सदर गर्ने भन्नेबारे निर्क्योल गर्नेछ। यदि सर्वोच्चले राष्ट्रपतिले दिएको सजाय माफी गलत ठहर गर्‍यो भने रिगल पुन: पक्राउ पर्नेछन् र बाँकी कैदका लागि थुनामा पठाइनेछ।

रिगलले २०७२ असार २८ मा नेपालगन्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको प्रमाणित भएको थियो। उनलाई जिल्ला, उच्च र सर्वोच्च तीनै तहको अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।

Shivam cement

जघन्य अपराधमा सजाय पाएका व्यक्तिको ६० प्रतिशत कैद मिनाहा गर्ने राष्ट्रपतिको कदमले संविधान र विधिको शासनको धज्जी उडेको भन्दै चेतनकी पत्नी भारतीले कसुरदारलाई पुनः कैद गरिपाउँ भनी रिट दायर गरेकी थिइन्।

प्रकाशित: Nov 02, 2023| 07:02 बिहीबार, कात्तिक १६, २०८०
प्रतिक्रिया दिनुहोस्