शुक्रबार, जेठ २२, २०८३

नेताहरुले देश नै बेच्न खोजेका छन् : मेयर बालेन

 |  बुधबार, कात्तिक १५, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १५, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेताहरुले देश बेच्न खोजेको आरोप लगाएका छन्।

National life

बुधबार साँझ सामाजिक सञ्जालमा मेयर बालेनले लेखेका छन्, ‘नेताज्युहरुले त देश  नै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन।’

साथै बालेनले देश नै बेचे पनि काठमाडौं एक्लै नेपाल भनेर उभिने समेत उल्लेख गरेका छन्। ‘तपाईंहरुले पुरै देशनै बेच्नुभो भनेपनि , काठमाडौं एक्लै भएपनि नेपाल भनेर उभिनेछ ’ उनले उल्लेख गरेका छन्।

काठमाडौं उपत्यकाका मेयर तथा उपमेयरहरूको मञ्च मेयर्स फोरमको बैठकमा विवादपछि बालेन निस्किएका थिए। त्यसपछि बालेनका बारे विभिन्न टिप्पणी भइरहेको थियो। त्यसबारे बालेनले १७ वटा नगरपालिकाले निजी कम्पनीबाट पैसा खाएर बसाएको बैठक आफूले बहिस्कार गरेको बताएका छन्।

‘१७ वटा नगरपालिकाले कुनै निजी कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिसकार गरेको हो, कसैको अपमान गरेको होईन’ उनले लेखेका छन्।

Shivam cement

 

प्रकाशित: Nov 01, 2023| 20:54 बुधबार, कात्तिक १५, २०८०
प्रतिक्रिया दिनुहोस्