शुक्रबार, जेठ २२, २०८३

प्रिन्सिपल हत्याका पाँच आरोपी सार्वजनिक

 |  बुधबार, कात्तिक १५, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १५, २०८०

बाराको कलैया उपमहानगरपालिका–६ निवासी बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

National life

प्रहरीले हत्याको मुख्य योजनाकार तथा सूचना आदानप्रदान गर्ने कलैया उपमहानगरपालिका–६ मदरसा टोल बस्ने २२ वर्षीया राधा गुप्ता, सोही स्थानका ३४ वर्षीय जमिल अख्तर र वडा नम्बर ९ रामपुर बस्ने २६ वर्षीय रियाज अन्सारीलाई सार्वजनिक गरेको हो

यसैगरी उनको हत्यामा संलग्न सुटर (गोली हान्ने) भारत बिहारको मोतीहारीका २३ वर्षीय चन्दन कुमार र मोतीहारीकै २३ वर्षीय अभिनव कुमार राजपूतलाई पनि प्रहरीले सार्वजनिक गरेको छ।

हालसम्मको अनुसन्धानमा विवाहेत्तर प्रेम सम्बन्धका कारण हत्या भएको देखिएको प्रहरीको भनाइ छ। पक्राउ परेकी राधा गुप्ता विगत तीन वर्षदेखि भारत बस्ने मनोज गुप्‍तासँग (विवाहित) प्रेम सम्बन्धमा रहेको र सोही विषयमा मनोज र रुपेशबीच विवाद हुँदै आएको बताइएको छ।

प्रकाशित: Nov 01, 2023| 16:29 बुधबार, कात्तिक १५, २०८०
प्रतिक्रिया दिनुहोस्