शुक्रबार, जेठ २२, २०८३

रिगल आममाफी मुद्दाको सुनुवाइ सकियो, फैसला भोलि

 |  बुधबार, कात्तिक १५, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १५, २०८०

रिगल भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ।

National life

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासमा रिट निवेदक र विपक्षी दुवैको बहस तथा निवेदकको जवाफ बहससमेत सकिएको हो।

बहस सकिए पनि न्यायाधीशहरूको भोलि दिउँसो ३ बजे निर्णय सुनाउने भएका छन्। इजलासले भोलि दुवै पक्षका कानुन व्यवसायीलाई बोलाएको छ।

नेपालगञ्जका चेतन मानन्धरको हत्यामा तीनै तहका अदालतले रिगललाई जन्मकैदको सजाय गरेको भए पनि संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए। सो निर्णय बदर गरी रिगललाई पुनः जेल पठाउनुपर्ने माग गर्दै चेतनकी पत्नी भारती मानन्धरले रिट दिएकी हुन्।

रिट निवेदनको टुंगो नलागेसम्म निवेदक भारती र उनको परिवारका सदस्यलाई सुरक्षा प्रदान गर्न तथा महान्यायाधिवक्ता नै बहसमा उपस्थित हुन इजलासले यसअघि आदेश गरेको थियो।

Shivam cement

प्रकाशित: Nov 01, 2023| 16:17 बुधबार, कात्तिक १५, २०८०
प्रतिक्रिया दिनुहोस्