आइतबार, वैशाख २३, २०८१

नगद र सुनका गहना चोरी गर्ने तीन जना पक्राउ

 |  बुधबार, कात्तिक १५, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १५, २०८०

काठमाडौं- काठमाडौँको सिनामङ्गलबाट नजिर अन्सारीको साथमा रहेको सुनका गरगहना तथा नगद चोरी गर्ने तीन जनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। 

triton college

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी–१० घर भई हाल भक्तपुर कौशलटार बस्ने ३० वर्षीय मनोज थापा, गोरखा पृथ्वीनारायण–७ घर भई हाल काठमाडौँ कलङकी बस्ने ३२ वर्षीय अर्जुन थापा र झापा मेचिनगर–५ घर भई हाल काठमाडौँ गौशाला बस्ने ३० वर्षीय शेखर भट्टराई रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका छन्।

उनका अनुसार पक्राउ परेकाले बा २ ज २१८० नम्बरको ट्याक्सीमा आएका उनीहरूले अन्सारीको साथमा रहेको विभिन्न सुनका गरगहना तथा नगद जबरर्जस्ती चोरी गरी लगेको भन्ने सूचनाका आधारमा अनुसन्धान गरी निजहरुलाई पक्राउ गरिएको हो। 

पक्राउ परेकामा मनोज र अर्जुन ट्याक्सी चालक रहेका र भट्टराई डिआरटी सव रेमिट्सका सञ्चालक रहेका अनुसन्धानको क्रममा खुलेको रेग्मीले बताएका छन्। उनका अनुसार उनीहरुबाट रू ९६ हजार पाँच सय नगदसमेत बरामद गरिएको छ। थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता रेग्मीले बताए।

प्रकाशित: Nov 01, 2023| 20:21 बुधबार, कात्तिक १५, २०८०
प्रतिक्रिया दिनुहोस्