काठमाडौं– काठमाडौंको गोठाटारमा गोली चलाएर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको कचनकवल गाउँपालिका–८ का ३७ वर्षीय हर्क लिम्बु र भारतीय नागरिक ४८ वर्षीय मोहम्मद करिम छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुको साथबाट एक थान पेस्तोल र तीन राउण्ड गोली समेत बरामद गरिएको छ।
उनीहरुबाट दुई सय ग्राम खैरो हेरोइन समेत बरामद भएको छ। करिमको खुट्टामा एक राउण्ड गोली लागेको प्रहरीले जनाएको छ।