बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • काठमाडौंको गोठाटारमा गोली चल्यो, दुई लागूऔषध कारोबारी पक्राउ

काठमाडौंको गोठाटारमा गोली चल्यो, दुई लागूऔषध कारोबारी पक्राउ

 |  बुधबार, कात्तिक १५, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १५, २०८०

काठमाडौं– काठमाडौंको गोठाटारमा गोली चलाएर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा झापाको कचनकवल गाउँपालिका–८ का ३७ वर्षीय हर्क लिम्बु र भारतीय नागरिक ४८ वर्षीय मोहम्मद करिम छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुको साथबाट एक थान पेस्तोल र तीन राउण्ड गोली समेत बरामद गरिएको छ। 

उनीहरुबाट दुई सय ग्राम खैरो हेरोइन समेत बरामद भएको छ। करिमको खुट्टामा एक राउण्ड गोली लागेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 01, 2023| 14:14 बुधबार, कात्तिक १५, २०८०
प्रतिक्रिया दिनुहोस्