शुक्रबार, जेठ २२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • डब्लूएचओको क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा वाजेद निर्वाचित, दुई मत पाए आचार्यले

डब्लूएचओको क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा वाजेद निर्वाचित, दुई मत पाए आचार्यले

 |  बुधबार, कात्तिक १५, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १५, २०८०

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा वाजेद निर्वाचित भएकी छिन्। नयाँ दिल्लीमा आज भएको निवार्चनमा उनले नेपालका उम्मेदवार शम्भुप्रसाद आचार्यलाई पराजित गरेकी हुन्।

National life

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको छोरीसमेत रहेकी उनले ८ मत प्राप्त गर्दा आचार्यले २ मतमात्र प्राप्त गरे। नेपालले डब्लूएचओमै कार्यरत आचार्यलाई उम्मेदवार बनाएको थियो। प्रधानमन्त्रीकै छोरी उम्मेदवार भएकाले उनका लागि बंगलादेश सरकारले कूटनीतिक लबिङमा जोड दिएको थियो।

डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालय दिल्लीमा छ र यसअन्तर्गत ११ देश सदस्य छन्।

पालैपालो सबै देशका स्वास्थ्यमन्त्री क्रमशः क्षेत्रीय अध्यक्ष हुन्छन्। तर, क्षेत्रीय निर्देशकको पद भने सदस्य राष्ट्रबीचको मतदान वा सहमतिबाट चुनिँदै आएको छ। अहिले क्षेत्रीय निर्देशक पदमा भारतका डा. पुनम खेत्रपाल सिंह छिन्।

डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भुटान, उत्तर कोरिया, भारत, बंगलादेश, इन्डोनेसिया, माल्दिभ्स, म्यान्मार, श्रीलंका, थाइल्यान्ड र टिमोर लिस्टे छन्। ११ सदस्य राष्ट्रहरूमध्ये यसपटक म्यान्मारले मत दिन पाउने छैन। त्यहाँ सैनिक शासन रहेको र संयुक्त राष्ट्रसंघले मान्यता नदिएकाले म्यान्मारले मतदान दिन नपाउने भएको हो।

Shivam cement

 

प्रकाशित: Nov 01, 2023| 13:28 बुधबार, कात्तिक १५, २०८०
प्रतिक्रिया दिनुहोस्