शुक्रबार, जेठ २२, २०८३

मेला हेर्न गएका दुई बालक ९ दिनदेखि बेपत्ता

 |  बुधबार, कात्तिक १५, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १५, २०८०

कैलालीमा मेला हेर्न गएका बालक बेपत्ता भएका छन्। कैलालीको लम्कीचुहा नगरपालिका- ५ तिलकपुरबाट मेला हेर्न गएका दुई बालक ९ दिनदेखि बेपत्ता भएका हुन्।

National life

तिलकपुरस्थित जनप्रभात माविमा कक्षा ७ र ५ मा पढ्ने प्रकाश विक र लक्ष्मण विकको कुनै अत्तोपत्तो नभएको परीवारले जनाएको छ। बेपत्ता प्रकाश विक १५ वर्षका छन् भने लक्ष्मण ११ वर्षीय।

पुर्ख्यौली घर अछाम भई हाल तिलकपुर बस्दै आएका बलबहादुर बिकले छोरा बेपत्ता भएको लामो समयसम्म खोजी कार्य गर्दा समेत फेला नपरेको भन्दै उनीहरूको अवस्थाबारे पत्ता लगाई सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन्।

परिवारले बालक खोजिदिनका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन्। प्रहरीले खोजी भइरहेको जनाएको छ।

प्रकाशित: Nov 01, 2023| 12:15 बुधबार, कात्तिक १५, २०८०
प्रतिक्रिया दिनुहोस्