शुक्रबार, जेठ २२, २०८३

गुटेरेसको सुरक्षामा गएका असईको लेक लागेर मृत्यु

 |  बुधबार, कात्तिक १५, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १५, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका एक प्रहरी सहायक निरीक्षकको लेक लागेर मृत्यु भएको छ।

National life

गुटेरेसको सुरक्षाका लागि १२ कात्तिकमा हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविरमा पुगेका टीकाराम ढुंगानाको मृत्यु भएको हो।

१४ कात्तिकमा गुटेरेस हेलिकप्टरमा फर्किएपछि ढुंगाना, गाउँपालिका अध्यक्ष विष्णु केसीलगायत हिँडेर फर्किँदै थिए। हिमालय भन्ने ठाउँमा राति बास बसेका ढुंगानालाई बिहान श्वासप्रस्वासमा समस्या भएपछि हेलिकप्टरमा पोखरा ल्याइएको थियो।

पोखरा ल्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ। पर्वत निवासी ढुंगाना कास्कीको घान्द्रुकमा कार्यरत दिए।

प्रकाशित: Nov 01, 2023| 11:42 बुधबार, कात्तिक १५, २०८०
प्रतिक्रिया दिनुहोस्