मंगलबार, असार ३, २०८२

राष्ट्रसंघका महासचिव गुटेरेस आज न्यूयोर्क फर्किँदै 

 |  बुधबार, कात्तिक १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १५, २०८०

vianetvianet

काठमाडौं- नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क फर्किँदै छन्। 

गत आइतबार नेपाल भ्रमणमा आएका गुटेरेस कतार एयरवेजको उडानमार्फत बिहान १० बजे न्युयोर्क प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा उनले हिजो संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए। 

यसअघि गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राजनीतिक दलका नेताहरू, मन्त्रीहरू लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। 

नेपाल बसाइका क्रममा महासचिव गुटेरेसले पोखरा हुँदै अन्नपूर्ण आधार शिविर तथा लुम्बिनीको भ्रमण गरेका थिए। 

प्रकाशित: Nov 01, 2023| 09:23 बुधबार, कात्तिक १५, २०८०
प्रतिक्रिया दिनुहोस्