आइतबार, कात्तिक २२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • डब्लूएचओ क्षेत्रीय निर्देशकको चुनाव आज, नेपाल र बंगलादेशका उम्मेदवार

डब्लूएचओ क्षेत्रीय निर्देशकको चुनाव आज, नेपाल र बंगलादेशका उम्मेदवार

 |  मंगलबार, कात्तिक १४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०८०

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशक पदको चुनाव बुधबार (आज) हुँदैछ। यो पदमा नेपाल र बंगलादेशका उम्मेदवार प्रतिस्पर्धी छन्। 

Machhapuchchhre

नेपालले डब्लूएचओमै कार्यरत शम्भुप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ भने बंगलादेशबाट साइमा वाजेद उम्मेदवार छिन्।

साइमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन्। प्रधानमन्त्रीकै छोरी उम्मेदवार भएकाले उनका लागि बंगलादेश सरकारले कूटनीतिक लबिङमा जोड दिएको छ।

डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालय दिल्लीमा छ र यसअन्तर्गत ११ देश सदस्य छन्।

पालैपालो सबै देशका स्वास्थ्यमन्त्री क्रमशः क्षेत्रीय अध्यक्ष हुन्छन्। तर, क्षेत्रीय निर्देशकको पद भने सदस्य राष्ट्रबीचको मतदान वा सहमतिबाट चुनिँदै आएको छ। अहिले क्षेत्रीय निर्देशक पदमा भारतका डा. पुनम खेत्रपाल सिंह छिन्। 

डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भुटान, उत्तर कोरिया, भारत, बंगलादेश, इन्डोनेसिया, माल्दिभ्स, म्यान्मार, श्रीलंका, थाइल्यान्ड र टिमोर लिस्टे छन्। ११ सदस्य राष्ट्रहरूमध्ये यसपटक म्यान्मारले मत दिन पाउने छैन। त्यहाँ सैनिक शासन रहेको र संयुक्त राष्ट्रसंघले मान्यता नदिएकाले म्यान्मारले मतदान दिन नपाउने भएको हो।

प्रकाशित: Oct 31, 2023| 22:33 मंगलबार, कात्तिक १४, २०८०