शुक्रबार, जेठ २२, २०८३

डिजेल र मटीतेलको भाउ घट्यो, ग्यास र पेट्रोलको घटेन

 |  मंगलबार, कात्तिक १४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०८०

नेपाल आयल निगमले डिजेल र मटीतेलको मूल्य घटाएको छ। साविकको खुद्रा मूल्यमा डिजेल र मटीतेलमा प्रतिलिटर चार रुपैयाँले भाउ घटाएको निगमले जनाएको छ। 
इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट पेट्रोल र ग्यासको मूल्य बढेर आए पनि यथावत् राखिएको छ।

National life

डिजेलको मूल्य भने प्रतिलिटर तीन रुपैयाँ ६३ पैसा घटेर आएको थियो। मूल्य समायोजनपछि अब डिजेल र मटीतेलको खुद्रा मूल्य पहिलो वर्गमा १६१ रुपैयाँ ५० पैसा, दोस्रोमा १६३ र तेस्रोमा १६४ रुपैयाँ कायम हुनेछ। पेट्रोलको भाउ भने पहिलो वर्गमा १६९ रुपैयाँ ५० पैसा, दोस्रोमा १७१ र तेस्रोमा १७२ रुपैयाँ नै कायम हुनेछ। अन्य पेट्रोलियम पदार्थको भाउ पनि यथावत् नै रहेको छ।

निगमका अनुसार आईओसीबाट पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ५१ पैसा भाउ बढेर आएको छ। यस्तै ग्यासमा प्रतिसिलिन्डर ९३ रुपैयाँ ६० पैसा मूल्य बढेर आएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन अनुसार पेट्रोल र ग्यासको मूल्य समायोजन हाललाई यथावत राखिएको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
 

प्रकाशित: Oct 31, 2023| 20:01 मंगलबार, कात्तिक १४, २०८०
प्रतिक्रिया दिनुहोस्