आइतबार, वैशाख १३, २०८३

मलेसियामाथि नेपालको कीर्तिमानी जित

 |  मंगलबार, कात्तिक १४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०८०

आइसिसी टी-२० विश्वकपअन्तर्गत एसिया छनोटमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ। समूह 'ए' मा लगातार दुई जित निकाल्दै नेपालले समूहको अन्तिम खेलअघि नै सेमिफाइनलमा स्थान पक्का गरेको हो।

National life

अब नेपाल र ओमानबीच बिहीबार हुने खेलबाट समूह विजेताको टुंगो लाग्नेछ। मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले मलेसियाले दिएको १६६ रनको लक्ष्य १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

यो नेपालले टी-२० अन्तर्राष्ट्रियमा पार गरेको अहिलेसम्मकै ठूलो स्कोर हो। यसअघि नेपालले गत साता यूएईविरुद्ध १६५ रनको लक्ष्य पूरा गरेको थियो।

नेपालको जितमा कुशल मल्लले अर्धशतक प्रहार गरे। उनले ६५ रनको योगदान गर्ने क्रममा ३४ बलमा २ चौका र ७ छक्का प्रहार गरे। त्यसअघि ओपनर कुशल भुर्तेल ४३ रन बनाएर आउट भए। ५.३ ओभरमा आउट हुनुअघि उनले २५ बलमा ४ चौका र ४ छक्का प्रहार गरे।

अर्का ओपनर आसिफ शेख २३ बलमा १ चौका र २ छक्काको मद्दतमा ३२ रन जोडे। कप्तान रोहित पौडेलले २ रन मात्र जोड्न सके। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ९ विकेटको क्षतिमा १६५ रन जोड्यो।

kumari

सेमिफाइनलमा जित निकाल्दै प्रतियोगिताको फाइनल पुग्ने दुई टिमले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकप खेल्नेछन्।

प्रकाशित: Oct 31, 2023| 16:24 मंगलबार, कात्तिक १४, २०८०
प्रतिक्रिया दिनुहोस्