शुक्रबार, जेठ २२, २०८३

काभ्रेमा गाडी दुर्घटना, दुई जनाको मृत्यु

 |  मंगलबार, कात्तिक १४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०८०
National life
Shivam cement

काभ्रेमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो सवा २ बजे पनौती नगरपालिका-२ सिलाभन्ज्याङस्थित कुशादेवीबाट नयाँगाउँ जाँदै गरेको बा ४ ख ६७२३ नम्बरको पराल बोकेको गाडी ब्रेक फेल भएर दुर्घटनामा परेको हो।

दुर्घटना हुँदा तीन जना घाइते भएका थिए। घाइतेको उपचारका लागि सिर मेमोरियल अस्पतालमा पठाइएको थियो। अस्पताल पुर्‍याउँदा चालक कुशादेवी बस्ने ४० वर्षीय रविन आचार्य र बेथानचोक गाउँपालिका-२ बस्ने ५० वर्षीय शिवबिक्रम केसीको मृत्यु भएको हो।

बेथानचोक गाउँपालिका-२ का ४५ वर्षीय सारदा तिमल्सिनाको टाउको, घाँटी र दुबै हात-खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 31, 2023| 16:23 मंगलबार, कात्तिक १४, २०८०
प्रतिक्रिया दिनुहोस्