शुक्रबार, जेठ २२, २०८३

नेपालको वन चाहर्दै जर्मनीका विद्यार्थी

 |  मंगलबार, कात्तिक १४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०८०

कटारी- नेपालको वनको अवस्थाबारे अध्ययन गर्न जर्मनीका विद्यार्थी उदयपुरको कटारी आइपुगेका छन्। जर्मनीस्थित वन विज्ञान विश्व विद्यालयमा स्नातकोत्तर तहमा अध्ययरत विश्वका १७ देशका विद्यार्थी वनको अध्ययन गर्न कटारी आइपुगेका हुन्।

National life

जर्जी अगष्ट विश्वविद्यालय गोटिन्जन जर्मनीमा अध्ययनरत विद्यार्थी कटारी–४ स्थित कोपिला सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा आइपुगेका हुन्। नेपाल सरकारअन्तर्गत कृषि वन विश्वविद्यालयको व्यवस्थापकीय जिम्मेवारीमा जर्मनीका विद्यार्थी नेपालको वनको अध्ययन गर्न आइपुगेको डिभिजन वन कार्यालय कटारीका प्रमुख डिभीजन वन अधिकृत अनिरुद्धकुमार साहले जानकारी दिए। 

साहका अनुसार उनीहरुले नेपालको वनको अवस्था, तथ्यांक संकलन, लगायतका सबै विषयको अध्ययन गर्नेछन्। ‘वनका बारेमा थप सिकाइ सिक्ने छन् त्यसका लागि हामीले पनि कर्मचारी खटाएका छौं,’ अधिकृत साहले भने, ‘अन्तिममा समुदायमै वसेर प्रस्तुति दिएर जानेछन्।’

कृषि वन विश्वविद्यालयअन्तर्गत विद्यार्थीलाई प्राकृतिक स्रोत व्यवस्थापन कलेज कटारीले व्यवस्थापन गरिरहेको छ। कलेजका उपप्राध्यापक राजीव जोशीले भने, ‘तीन हप्तासम्म उनीहरुले सामुदायिक वन क्षेत्रमै वसेर अध्ययन गर्नेछन्।’

यसक्रममा विश्वमा रहेका वनको विषयमा सिकाइ आदान प्रदान भइरहेको जनाइएको छ। नेपाली सामुदायिक वनको कार्यायोजना, वन व्यवस्थापनलगायत वनको सबै विषयमा विद्यार्थीले अध्ययन गरिरहेका छन्। 

Shivam cement

दुई प्राध्यापकसहित १८ विद्यार्थीको समूह कटारीको वनमा अध्ययनमा खटिएका हुन्। विश्वका विभिन्न देशका विद्यार्थीले वन र समुदायमा समेत वनको अध्ययन गरिरहेको कोपिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपक राईले बताए। 

वनमा अध्ययनका लागि विश्वबाट विद्यार्थी आएपछि उपभोक्ताले पनि सहजीकरण गरिरहेको अध्यक्ष राईले बताए। डिभीजन वन कार्यालय गाईघाटको समन्वयमा डिभीजन वन कार्यालय कटारीले यस क्षेत्रको दुई वटा सामुदायिक वनमा अध्ययनका लागि सिफारिस गरेको थियो।

प्रकाशित: Oct 31, 2023| 21:02 मंगलबार, कात्तिक १४, २०८०
प्रतिक्रिया दिनुहोस्