बुधबार, वैशाख ९, २०८३

सर्राफ हत्याको कारण प्रेम सम्बन्ध ! १० जना प्रहरी नियन्त्रणमा

 |  मंगलबार, कात्तिक १४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०८०

बारा- गोली प्रहारबाट हिजो मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको मंगलबार हिन्दू परम्पराअनुसार दाह संस्कार गरिएको छ।

National life

पसहा खोलामा उनको अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ। यसअघि एन प्याब्सनका पदाधिकारीले संस्थाको झन्डा ओढाई सर्राफमा श्राद्धञ्जली अर्पण गरेका थिए।  

मृतक सर्राफका श्रीमतीसहित दुई छोरा छन्। उनलाई श्राद्धञ्जली अर्पण गर्न ठूलो सङ्ख्यामा शुभचिन्तकहरु कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित उनको निवासमा पुगेको थिए।

कलैया उपमहानगरपालिकाका प्रमुख  बिनोद साह, नेकपा माओवादी केन्द्रका  युवा नेता मुकेश साह, नेपाली कांग्रेसका युवा नेता लुकेश सिंहलगायत विभिन्न राजनितिक दलका ब्यक्ति नागरिक अगुवा, निजी तथा सामुदायिक बिद्यालयका शिक्षक शिक्षिका, आफन्तजन, पत्रकार, सुरक्षाकर्मीलगायतले सर्राफको पार्थिव शरिशमा श्रादञ्जली अर्पण गरेका थिए।

उपमहानगरपालिका भित्रका शिक्षक तथा पेशागत बिभिन्न संघ–संगठनहरुले  घटनाको निन्दा गर्दै शोक मनाउने निर्णय गरेका छन्। यस्तै बारा उद्योग बाणिज्य संघले पनि एक विज्ञप्ति जारी गर्दै हत्याको बिरोधमा बजार बन्द गर्न आह्वान गरेको छ। संघका अध्यक्ष राजकुमार साहद्वारा जारी विज्ञप्तिमा मंगलवार साँझसम्म बजार बन्द गरी सहयोग गर्न उद्योगी तथा ब्यापारीहरुसँग अपिल गरिएकाले अहिले बजार पूर्ण रूपमा बन्द छ।

kumari

एन प्याब्सनले पनि सोमबार नै विज्ञप्तिमार्फत उक्त घटनाको निन्दा गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नाका साथै २४ घन्टाभित्र बास्तविक  अपराधी समात्न नसके चरणवद्ध आन्दोलन गर्ने जनाएको छ। 

कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल सर्राफमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले  ती वटा गोली प्रहार हत्या गरेकाले  जिल्लाबासीमा त्रासको वतावरण छाएको छ।

कलैयास्थित मदर्शा टोलमा दुईवटा नेपाली मोटरसाईकलमा आएका चारजना अज्ञात व्यक्तिले तीन राउण्ड गोली  सर्राफलाई हानेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए। हत्या गरिएको ठाउँ जिल्ला प्रहरी कार्यालयभन्दा पाँच मिनेटको दूरीमा पर्दछ।

गोली लागेर सख्त घाइते सर्राफलाई कलैया प्रादेशिक अस्पताल उपचार हुन नसकेपछि थप उपचारका लागि विरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको र उपचारका क्रममा मृत्यु भएको हो।

प्रेम सम्बन्धका कारण सर्राफको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। यसअघि  गत साउन २८ गते कलैयाको एक होटलमा सर्राफको हत्याको प्रयास गरिए पनि त्यति बेला उनी बाँच्न सफल भएको पक्राउ परेकाहरुले प्रहरी समक्ष बयान गरेको दिएको अनुन्धानमा खटिएका एक प्रहरीले जानकारी दिए।

घटनामा संलग्न एक युवतीसहित तीन नेपाली र तीन भारतीयलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ। सो घटनामा अन्य थप दुईजनाको पनि संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ। अहिले दस जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा सुक्ष्म रुपमा अनुन्धान भइरहेको प्रहरीले जनाएको छ। - रासस

प्रकाशित: Oct 31, 2023| 12:54 मंगलबार, कात्तिक १४, २०८०
प्रतिक्रिया दिनुहोस्