रूपन्देही, गैडहवा गाउँपालिका-२ बिचौवापुरस्थित सडकमा लु.८७ प ४२८५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-२ पडौरा बस्ने ४२ वर्षीय बिजेन्द्र पासीको सोमबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाईते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।
कास्की, पोखरा महानगरपालिका-२५ हेम्जास्थित सडकमा ग.२ ख ३७० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री म्याग्दी अन्नपूर्ण गाउँपालिका-७ दोसल्ले घर भई हाल पोखरा महानगरपालिका-२५ हेम्जा डेरा गरी बस्ने ७१ वर्षीया याम कुमारी बिकको सोमबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले ट्रकका २ जना सहचालकलाई नियन्त्रणमा लिई हाल फरार चालकको खोजी गरिरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
मृत फेला
सर्लाही, रामनगर गाउँपालिका-१ स्थित मनुसमारा खोलामा सोही ठाउँ बस्ने १८ वर्षीय कामोद यादव सोमबार मृत अवस्थामा फेला परेका छन्।
बागलुङ, तमानखोला गाउँपालिका-६ नर्जाखानी बस्ने ७५ वर्षीय टंक बहादुर छन्त्याल सोही ठाउँस्थित नर्जाखानी खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन्।
नवलपरासी पूर्व, कावासोती नगरपालिका-८ स्थित हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्।
चितवन, भरतपुर महानगरपालिका-३ स्थित वडा कार्यालय नजिक प्रतिक्षालयमा कवाड संकलन गरी हिँड्ने बुढे भनेर चिनिने हाल नाम, थर, वतन नखुलेका अन्दाजी २८ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन्। सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।