शुक्रबार, भदौ २६, २०८३

जंगली च्याउ खाँदा गुल्मीमा एकै घरका तीन जना बिरामी

 |  मंगलबार, कात्तिक १४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०८०

गुल्मी- जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन्। बिरामी पर्नेमा जिल्लाको इस्मा गाउँपालिका–६ बुल्मका ३९ वर्षीय सरिता कुमाल, ११ वर्षीय विमल र आठ वर्षीया सुस्मा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

उनीहरु तीनै जनाको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

उनीहरुले घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा सोमबार बिरामी परेको सरिता श्रीमान् वृषबहादुरले बताए।

प्रकाशित: Oct 31, 2023| 10:09 मंगलबार, कात्तिक १४, २०८०
प्रतिक्रिया दिनुहोस्