शुक्रबार, जेठ २२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा तिहारपछि पुनः सञ्चालन हुने

रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा तिहारपछि पुनः सञ्चालन हुने

 |  मंगलबार, कात्तिक १४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०८०

काठमाडौं- गत असोज ३ गते संविधान दिवसको अवसरमा सरकारले सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालनमा ल्याएको केही समयपछि रोकिएको छ। रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा तिहार पछि पुनः सञ्चालनमा आउने भएको छ। 

National life

सेवा सञ्चालनका क्रममा प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका समस्याको हल गर्दै तिहार बिदा सकिएलगतै पुनःसञ्चालनमा ल्याउन लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।

दसैँदेखि तिहारसम्म राजधानीका सडकमा जाम नहुने र यही बेला प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउन द्रुत बस सेवा रोकिएको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बताए।

द्रुत बस सेवा रोकिएको नभएर अहिले २५ वटा मात्र सञ्चालन रहेकामा त्यो सङ्ख्या बढाएर लैजाने गरी तयारी थालिएको मन्त्री ज्वालाको भनाइ छ। असोज ३ देखिदेखि द्रुत बस नमूना परियोजनाका रुपमा सेवा सुरु गरिएकोमा अब भने पूर्णरुपमा सञ्चालन गर्ने मन्त्रालयको तयारी छ।

प्रकाशित: Oct 31, 2023| 09:03 मंगलबार, कात्तिक १४, २०८०
प्रतिक्रिया दिनुहोस्