शुक्रबार, जेठ २२, २०८३

मेस्सीले जिते आठौंपल्ट बेलन डे'अर, कसलाई कुन उपाधि? 

 |  मंगलबार, कात्तिक १४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०८०

लियोनल मेस्सीले सोमबार आठौंपल्ट बेलन डे’अर जितेका छन्। गत सिजन उनको नेतृत्वमा अर्जेन्टिनाले विश्वकप जितेको थियो। कतारमा भएको त्यस विश्वकपमा ३६ वर्षीय मेसीले अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

National life

यसपल्ट विश्व फुटबलको सबैभन्दा ठूलो व्यक्तिगत अवार्ड जित्ने क्रममा मेस्सीले केलिन एमबाप्पे र इर्लिङ हाल्यान्डको चुनौतीलाई उछिनेका थिए। अन्तिम मतदानमा हाल्यान्ड दोस्रो, एमबाप्पे तेस्रो तथा केभिन डे ब्रुएना चौथोमा रहे।

बार्सिलोनाका पूर्व खेलाडी मेस्सीले पछिल्लो विश्वकपमा सात गोल गरेका थिए। अर्जेन्टिनाले फ्रान्सलाई फाइनलमा टाइब्रेकरमा हराएको थियो र मेस्सी प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए।

‘फेरि एकपल्ट यो अवार्ड जितेकोमा खुसी छु। विश्वकप जितेसँगै हामीले त्यो सपनालाई पूरा गरेका थियौं,’ उनले भने, ‘मैले फुटबल खेलेर यस्तो उपलब्धि हात पार्न सक्ने थिएँ भनेर कहिले पनि कल्पना गरेको थिइनँ। म भाग्यमानी रहें, किनभने मैले खेलेको टिम बलियो रह्यो।’

महिलातर्फ स्पेन तथा बार्सिलोनाकी आइटाना बोनमनी उत्कृष्ट घोषित भइन् भने इंग्ल्यान्ड तथा रियल म्याड्रिडका जुड बेलिङघम उत्कृष्ट युवा खेलाडी रहे। यस्तै अर्जेन्टिनाकै इमालिनो मार्टिनेज उत्कृष्ट गोलरक्षक चुनिए। म्यानचेस्टर सिटी वर्षकै उत्कृष्ट क्लब रह्यो।

Shivam cement

प्रकाशित: Oct 31, 2023| 09:02 मंगलबार, कात्तिक १४, २०८०
प्रतिक्रिया दिनुहोस्