शुक्रबार, जेठ २२, २०८३

संसद्‍मा गुटेरेसको सम्बोधन आज, अनुवादमा अलमल

महासचिव गुटेरेसलले नेपालको संघीय संसदको दुबै सदनलाई आज अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ। सभामुखको अध्यक्षतामा संयुक्त बैठक सञ्चालन हुनेछ।
 |  मंगलबार, कात्तिक १४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०८०

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको दुबै सदनलाई मंगलबार सम्बोधन गर्ने भएका छन्।

National life

महासचिव गुटेरेसलले नेपालको संघीय संसदको दुबै सदनलाई आज अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ। सभामुखको अध्यक्षतामा संयुक्त बैठक सञ्चालन हुनेछ।

बैठक प्रारम्भ भएसँगै संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने कार्यसूची छ। सम्बोधन लगत्तै सोही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ।

अंग्रेजीमा हुने महासचिव गुटेरेसको सम्बोधनलाई संसद् बैठकमै तत्कालै अनुवाद गर्न सक्ने अवस्था नरहेको स‌ंसद् सचिवालयले जनाएको छ। वैकल्पिक व्यवस्था के गर्न सकिन्छ भन्ने सम्बन्धमा छलफल भइरहेको बताइएको छ। 

महासचिव गुटेरेसको सम्बोधनको संघीय संसद सचिवालयले नियमित बैठकहरुको जस्तै अभिलेख राख्नेछ।

Shivam cement

प्रकाशित: Oct 31, 2023| 07:50 मंगलबार, कात्तिक १४, २०८०
प्रतिक्रिया दिनुहोस्