मंगलबार, असार ३, २०८२

इन्धन खपत बढ्यो दसैंमा

 |  मंगलबार, कात्तिक १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०८०

vianetvianet

नेपालीहरुको सबैभन्दा ठूलो चाड दसैँमा पेट्रोलियम पदार्थको खपत बढेको छ। चाडपर्वमा सवारीसाधन धेरै चल्ने हुँदा बजारमा माग बढेसँगै पेट्रोलियम पदार्थको खपत बढेको हो। चाडपर्व मनाउन काठमाडौँ उपत्यकासँगै अन्य सहरी क्षेत्रबाट ठुलो सङ्ख्यामा सवारीसाधन बाहिरी जिल्लामा गएकाले पनि डिजेल, पेट्रोलको माग बढेर खपतमा वृद्धि भएको हो। 

अन्य समयको तुलनामा चाडपर्वका बेला सवारीसाधन बढी गुड्ने भएकाले पनि इन्धनको खपत बढी हुने गर्छ। दसैँ मनाउन सहरबाट गाउँ गाउँमा अधिकांश मानिस जाने हुँदा सवारीसाधनसँगै जहाजको उडान धेरै हुने गर्छ। 

आयल निगमका अनुसार गत वर्ष असोज १० देखि २३ सम्म दुई करोड ६९ लाख ४४ हजार ६०७ लिटर पेट्रोल खपत भएकामा यस वर्ष असोज २८ देखि कात्तिक ११ सम्म दुई करोड ९८ लाख ५८ हजार ६५८ लिटर खपत भएको छ। 

यस्तै गत वर्षको दसैँ अवधिमा दुई करोड ९७ लाख २८ हजार ९९४ लिटर डिजेल खपत भएकामा यस वर्ष तीन करोड ७७ लाख आठ हजार ९४३ लिटर खपत भएको निगमले जनाएको छ। सामान्य अवस्थाको तुलनामा दसैँका बेला दोब्बर बढी डिजेल खपत हुने गर्छ। 

निगमका अनुसार हाल बजारमा मासिक पेट्रोल ५६ हजार ४२६ किलोलिटर, डिजेल एक लाख १७ हजार २६४ किलोलिटर, मटितेल एक हजार ८३ किलोलिटर, हवाई इन्धन १४ हजार ४४७ किलोलिटर र खाना पकाउने एलपी ग्यास ४२ हजार ६८१ मेट्रिक टन खपत हुने गरेको छ।

चालु आर्थिक वर्षको तीन महिनामा ६३ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन, मटितेल र ग्यास) आयात भएको छ। 

साउनदेखि असोजसम्म २९ अर्ब ९२ करोड १६ लाख चार हजारको दुई लाख ६९ हजार ८७६ किलोलिटर डिजेल आयात भएको छ। यस्तै पेट्रोल १७ अर्ब १० करोड ८७ लाख ३९ हजार रुपियाँ बराबरको एक लाख ६५ हजार ५९४ किलोलिटर आयात भएको छ। 

प्रकाशित: Oct 31, 2023| 08:08 मंगलबार, कात्तिक १४, २०८०
प्रतिक्रिया दिनुहोस्