शुक्रबार, जेठ २२, २०८३

इजरायलमा मारिएका सबै नेपालीको शव पहिचान

 |  मंगलबार, कात्तिक १४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०८०
National life
Shivam cement

दक्षिणी इजरायलको किबुज अलुमिममा हमासको आक्रमणमा परी निधन भएका १० जनै नेपाली विद्यार्थीको शव पहिचान भएको छ । तेलअभिभस्थित नेपाली राजदूतावासले सोमबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै थप २ जना विद्यार्थीको शव पहिचान भएको जनाएको हो ।

दूतावासका अनुसार सोमबार सुनसरीका राजेशकुमार स्वर्णकार र धनुषाका आनन्द साहको शव पहिचान भएको हो । यसअघि ८ जना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको थियो । दूतावासले पहिचान भएका शवहरू छिट्टै पठाउने व्यवस्था मिलाउने पनि जनाएको छ । यसअघि पहिचान भएका डोटीका राजन फुलरा र पदम थापा तथा सल्यानका प्रवेश भण्डारीको शव आउन बाँकी रहेको छ।

अक्टोबर ७ मा हमासको आक्रमणमा परी ‘लर्न एन्ड अर्न’ कार्यक्रममा गएका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । त्यस्तै सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी जारी रहेको पनि दूतावासले जनाएको छ ।

प्रकाशित: Oct 31, 2023| 07:34 मंगलबार, कात्तिक १४, २०८०
प्रतिक्रिया दिनुहोस्