शुक्रबार, जेठ २२, २०८३

प्रिन्सिपल हत्याका संदिग्ध महिलासहित तीन जना पक्राउ

 |  मंगलबार, कात्तिक १४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०८०

बारामा प्रिन्सिपलको हत्या प्रकरणमा तीन जना पक्राउ परेका छन्। कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको गोली हानेर हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा एक महिला छिन्।

National life

पक्राउ परेकाहरुले स्वीकार गरिसकेको पनि प्रहरीले जनाएको छ। आरोपितको परिचय भने खुलाइएको छैन। घटनामा संलग्न थप दुई जनाको खोजी भइरहेको छ।
दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले ३९ वर्षीय प्रिन्सिपल स्वर्णकारमाथि सोमबार दिउँसो गोली प्रहार गरेका थिए। उनी दिनहुँजसो खाजा लिन स्कुल नजिकैको बजार जाने गर्थे। चाउमिन लिएर स्कुल फर्किँदै गरेका बेला स्वर्णकारमाथि उनीहरूले गोली चलाएका हुन्।

त्यो समूह भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएको थियो। चारै जनाले हेलमेट लगाएर अनुहार ढाकेका थिए। गोली हान्ने व्यक्तिहरू घटनास्थलबाट केहीबेरमै भागेका थिए। घटनास्थलमा गोलीका चार खोका भेटिएको छ।

घाँटी र टाउकोमा गोली लागेका स्वर्णकारको कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार गरी थप उपचारका लागि वीरगञ्ज लगिएको थियो। वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा स्वर्णकारको सोमबार दिउँसो करिब २ बजेतिर मृत्यु भएको थियो।

प्रिन्सिपल स्वर्णकार स्कुलअगाडि घर बनाएर बसोबास गर्दै आएका थिए। उनको श्रीमती र दुई छोरा छन्।
 

Shivam cement

प्रकाशित: Oct 31, 2023| 07:31 मंगलबार, कात्तिक १४, २०८०
प्रतिक्रिया दिनुहोस्