मंगलबार, असार ३, २०८२

बारामा प्रधानाध्यापकको हत्या आरोपमा एक महिला पक्राउ

 |  सोमबार, कात्तिक १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०

vianetvianet

काठमाडौं- कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

प्रहरीले शंकाको आधारमा कलैयाकै एक महिलालाई पक्राउ गरी अहिले अनुसन्धान गरिरहेको जनाएको छ। यद्यपी घटनाबारे अनुसन्धान भइरहेकाले पक्राउ परेका ती व्यक्तिको परिचय खुलाउन नमिल्ने प्रहरीले बताएको छ।

सोमबार दिउँसो एक खाजा पसलबाट खाजा लिएर स्कुल फर्किरहेका स्वर्णकारलाई दुई वटा मोटरसाइकलमा आएका चार जना अज्ञात व्यक्तिले कलैया मदर्सा टोलस्थित ग्रीन भ्याली बोर्डिङ्ग स्कुल अगाडि छाती र घाटीमा चार राउण्ड गोली हानेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

गोली लागेर घाइते भएका उनलाई कलैया प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि वीरगञ्जस्थित वयोधा अस्पतालमा लगिएकोमा स्वर्णकारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 30, 2023| 20:14 सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्