शुक्रबार, जेठ २२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • अर्थतन्त्रलाई बढावा दिन पाकिस्तान प्रत्यक्ष लगानी बढाउने प्रयासमा छ : राष्ट्रपति

अर्थतन्त्रलाई बढावा दिन पाकिस्तान प्रत्यक्ष लगानी बढाउने प्रयासमा छ : राष्ट्रपति

 |  सोमबार, कात्तिक १३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०

इस्लामावाद- पाकिस्तानी राष्ट्रपति आरिफ अल्भीले अर्थतन्त्रलाई बढावा दिनका लागि पाकिस्तानले अन्य मुलुकहरूसँग संयुक्त उद्यम कार्यक्रममार्फत प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बढाउने प्रयास गरिरहेको बताएका छन्। 

National life

मुलुकको दक्षिणी बन्दरगाह सहर कराँचीमा सम्बोधन गर्दै उनले पाकिस्तानमा एफडीआईको माध्यमबाट आर्थिक विकासलाई बढाउने भरपुर क्षमता रहेको र यसको उपयोग जिम्मेवारी लिएर र विवेकपूर्ण नीतिहरू बनाएर गर्न सकिने बताए।

धेरै राजनीतिक तथा आर्थिक चुनौतीका बाबजुद सरकारले आर्थिक सूचकहरूलाई माथि लैजानका लागि हरसम्भव प्रयास गरिएको उहाँको भनाइ थियो । 

'सहज व्यापार र समयमै लिइने निर्णयले मुलुकलाई आर्थिक स्थिरताको मार्गमा लैजान महत्वपूर्ण भूमिका निर्वाह गरेको छ,' पाकिस्तानलाई आर्थिकरूपमा बलियो बनाउन व्यापारिक समुदायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै राष्ट्रपति अल्भीले भने। 

राष्ट्रिय विकास प्रक्रियामा महिला सहभागिताका बारेमा कुरा गर्दै उनले महिलाहरूलाई वित्तीयरूपमा सक्षम बनाउन र उनीहरूलाई मुलुकको अर्थतन्त्रमा आफ्नो भूमिका निर्वाह गर्न सक्षम बनाउनका लागि कम्पनीहरूमा रोजगारी दिनुपर्ने बताए। 

Shivam cement

प्रकाशित: Oct 30, 2023| 19:00 सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्