शुक्रबार, जेठ २२, २०८३

इजरायली आक्रमणबाट मारिनेमा ३ हजार बालबालिका र २ हजार महिला

 |  सोमबार, कात्तिक १३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०

काठमाडौं- इजारली सेनाको आक्रमणबाट हालसम्म ८ हजार ३०६ जनाको मृत्यु भइसकेको छ। प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ७ अक्टोबर यता इजरायली सेनाले थालेको आक्रमणबाट गाजा क्षेत्रमा ८ हजारभन्दा बढीको मृत्यु भएको हो। 

National life

जसमा ३ हजार ४५७ बालबालिका रहेका छन् भने २ हजार १३६ महिला रहेका छन्। पछिल्लो २४ घण्टामा मात्रै गाजा क्षेत्रमा ९३ जनाको मृत्यु भएको अलजजिराले जनाएको छ। 

इजराली सेनाले गरेको आक्रमणमा ४८० वृद्धवृद्धाको मृत्यु भएको छ। यसैगरी २१ हजारभन्दा बढी मानिसहरु घाइेत भएका छन्। यससँगै हालसम्म १९५० जना बेपत्ता भएकोमा १०५० बालबालिका रहेका छन्। 

त्यसैगरी हमास समूहको आक्रमणबाट इजारलतर्फ १४ सयको मृत्यु भएको छ भने २३० जनालाई बन्धक बनाएको बीबीसीले जनाएको छ। 

इजरायली सेनाले अल-कुद्स अस्पतालमा आक्रमण गर्ने चेतावनी दिँदै खाली गर्न निर्देन दिइएको छ। यस क्षेत्रमा पानीको अभावका कारण दुषित पानी पिउँदा पानीजन्य रोगहरुको संक्रमण पनि तीव्र बनेको अलजजिराले जनाएको छ। 

Shivam cement

७ अक्टोबरमा हमास समूहले इजरायली सीमा क्षेत्रमा आक्रमण गरेपछि इजरायली सेनाले निरन्तर आक्रमण जारी राखेको छ। इजारल समूहले हमासलाई समाप्त पारेपछि मात्रै शान्ति हुने भन्दै गाजा क्षेत्रमा प्रवेश गरिसकेको छ। 

प्रकाशित: Oct 30, 2023| 18:00 सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्